सत्ता साझेदार १० दलले प्रधानमन्त्रीलाई विश्वासको मत दिने

काठमाडौं- सत्ता साझेदार १० दलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने सहमति गरेका छन्। शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको १० दलका शीर्ष नेताहरुको बैठकले सो सहमति गरेको हो।

‘सत्ता साझेदार १० दलका शीर्ष नेताहरुको बैठक बालुवाटारमा सम्पन्न भएको छ। बैठकमा भोलि संसद्‌मा प्रस्तुत गर्ने विधेयक र पर्सी सरकारले लिने विश्वासको मतमा एकमतका साथ प्रस्तुत हुने सहमति बनेको छ’, प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव गंगा दाहालले फेसबुकमा लेखेकी छिन्।

प्रधानमन्त्री प्रचण्डले यही ६ गते सोमबार प्रतिनिधि सभाबाट विश्वासको मत लिँदैछन्। पुस १० मा प्रधानमन्त्री नियुक्त भएका उनले पुस २६ मै विश्वासको मत लिएका थिए।

तर सरकारमा सहभागी एमाले र राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएपछि उनले पुनः विश्वासको मत लिनुपर्ने भएको हो।

त्यस्तै, आइतबारको प्रतिनिधि सभा बैठकमा ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ सदनमा प्रस्तुत गर्ने तयारी छ।

प्रतिनिधि सभाको सम्भावित कार्यसूचीमा विधेयकमाथि राप्रपा सांसद ज्ञानबहादुर शाही र नेमकिपा सांसद प्रेम सुवालले विरोधको सूचना राख्ने उल्लेख छ। त्यसपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विधेयक पेस गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button