नेकपा एसमा जिम्मेवारी हेरफेर, घनश्याम महासचिव, बेदुराम उपाध्यक्ष, चार उपाध्यक्ष सचिवालय सदस्य मनोनित

काठमाडौँ- पूर्वमन्त्री घनश्याम भुसाल ने‍कपा एकीकृत समाजवादीको महासचिवमा मनोनित भएका छन् ।

एमालेबाट अलग भएर माधवकुमार नेपालको नेतृत्वमा गठन भएको एकीकृत समाजवादीले एमाले परित्याग गरेका भुसाललाई महासचिवमा नियुक्त गरेको हो ।

आइतबार बसेको एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठकले भुसाललाई महासचिवमा मनोनित गर्ने निर्णय गरेको हो ।

महासचिवको जिम्मेवारीमा रहेका बेदुराम भुसाललाई उपाध्यक्षमा मनोनित गर्दै बैठकले घनश्याम भुसाललाई महासचिवमा मनोनित गरेको हो ।

साथै बैठकले उपाध्यक्षहरु घनेन्द्र बस्नेत, केदार न्यौपाने, धर्मनाथ साह र केशवलाल श्रेष्ठलाई केन्द्रीय सचिवालय सदस्यमा मनोनित गरेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button