राष्ट्रिय मर्यादा सम्बन्धी गैरसरकारी विधेयक दर्ता

काठमाडौं । राष्ट्रिय मर्यादा सम्बन्धी गैरसरकारी विधेयक संसद सचिवालयमा दर्ता भएको छ ।
विधेयक प्रस्तुतकर्ता सदस्यहरुको तर्फबाट माननीय प्रकाश पन्थले उक्त विधेयक आइतबार संघीय संसद सचिवालयमा दर्ता गर्नुभएको हो ।
राष्ट्रिय मर्यादा सम्बन्धी गैरसरकारी विधेयकमा सरकारी एवं सार्वजनिक पदाधिकारी र राष्ट्रिय जीवनमा योगदान गरेका विशिष्ट व्यक्तिहरूको मर्यादाक्रम, अति विशिष्ट तथा विशिष्ट पदाधिकारीलाई गरिने सम्बोधन तथा राष्ट्रिय झण्डा र राष्ट्रिय गानको प्रयोग र अति विशिष्ट तथा विशिष्ट व्यक्तिलाई सम्मान प्रकट गर्ने, सलामी दिने जस्ता विषयहरू समावेश छन् ।