नेपाल एअरलाइन्सले पुरुष यात्रुलाई महिला बनाएर उडाएपछि…

काठमाडौं– नेपाल वायुसेवा निगमले एक पुरुष यात्रुलाई महिला बनाएर उडाएको खुलासा भएको छ। नेवानिले ताप्लेजुङबाट काठमाडौं उडेको जहाजमा एक पुरुष यात्रुलाई महिलाको नाममा उडाएको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले फेला पारेको हो।

ताप्लेजुङबाट काठमाडौं आएको ट्विनअटर ९ एन–एबीटी विमानमा लोड सिटमा भन्दा १ सय ७ केजी बढी सामान बोकेको पाइएपछि नागरिक उड्डयन प्राधिकरणले विस्तृत अध्ययन गरेको थियो। उक्त अध्ययनमा एक पुरुषलाई महिलाको रुपमा यात्रा गराएको पाइएको छ।

त्यस्तै उक्त विमानमा एअरलाइन्सको लोड सिटमा भन्दा १ सय ७ केजी बढी सामान बोकेको पाइएपछि कारबाही गरेको छ। प्राधिकरणले नेपाल एअरलाइन्सका चालक दलका तीन जना सदस्य, निगमको मार्केटिङ कर्मचारी र डिसप्याचरसहित सात जनालाई कारबाहीस्वरुप ‘ग्राउन्डेड’ गर्ने निर्णय गरेको छ।

प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले उक्त घटनाबारे अध्ययन भइरहेको बताए। उनले प्राधिकरणले यो विषयलाई गम्भीर रुपमा लिँदै अनुसन्धान गरिरहेको बताए।

उनले निगमलाई स्पष्टीकरण सोध्ने अनि उक्त उडानमा संलग्न रहेका सात जनालाई हाललाई ग्राउन्ड गरिएको बताए। अध्ययनपछि थप कारबाहीबारे निर्णय लिइने उनले बताए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button