बागमती प्रदेश सरकार छोड्न एमालेको शर्त

काठमाडौं। नेकपा एमालेले बागमती प्रदेश सरकारबाट बाहिरिन शर्त राखेको छ ।

राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनका लागि केन्द्रमा बनेको राजनीतिक समीकरणका आधारमा बागमती प्रदेश सरकारमा हेरफेरको तयारी भइरहँदा सत्तामै रहेको एमालेले राजीनामाका लागि शर्त अघि सारेको हो ।

बागमती प्रदेशसभा एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले आफूहरु प्रदेश सरकारबाट हट्न तयार रहेको तर प्रदेशसभा बैठकमा आफ्ना धारणा राखेरमात्र राजीनामा दिने बताएका छन् ।

‘हामी सरकारमै बसिरहने भन्ने होइन,’ उनले भने, ‘हामी राजीनामा दिन तयार छौं तर प्रदेशसभा बैठकमा आफ्नो कुरा राखेर राजीनामा दिन्छौं ।’ नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीले भने मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई सरकारबाट एमाले हटेपछिमात्र विश्वासको मत लगायतका प्रक्रिया अघि बढाउन दबाब दिएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button