बागमतीका मुख्यमन्त्रीलाई कांग्रेसले विश्वासको मत दिने

काठमाडौँ- बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेललाई नेपाली कांग्रेसले विश्वासको मत दिने भएको छ ।
बुधबार बसेको कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको हो ।
मुख्यमन्त्री जम्मकट्टेलले बुधबार प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा थिए । तर, कांग्रेसले विश्वासको मत १० गते लिनुपर्ने बताएको छ । यद्यपि मितिका बारेमा भने अझै कुनै नयाँ निर्णय भएको छैन ।