वैदेशिक रोजगार बोर्डले टेलिमेडिसिन सेवा प्रदान गर्ने

काठमाडौँ । वैदेशिक रोजगार बोर्डले बोर्डको गतिविधिबारे सञ्चारकर्मीहरूसँग छलफल तथा अन्तरक्रिया गरेको छ ।
बुधबार नयाँबानेश्वरमा आयोजित छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोर्डको गतिविधिबारे सञ्चारकर्मीहरूलाई जानकारी गराइएको हो।
कार्यक्रम वैदेशिक रोजगारीमा रहेका श्रमिकका लागि सरकारले टेलिमेडिसिन सेवा प्रदान गर्ने लागेको बताइएको छ । यो प्रक्रिया अब आउने शुक्रबारदेखि प्रत्येक हप्ताको शुक्रबार र आइतबार दुई दिन टेलिमेडिसिन सेवा प्रदान गरिने बोर्डका कार्यकारी निर्देशक डा. द्वारिका उप्रेतीले बताए । उनका अनुसार यो सेवा प्रदान गर्नका लागि वैदेशिक रोजगार बोर्ड र वीर अस्पतालबीच सम्झौता भएको छ ।
बोर्डका सूचना अधिकारी राजन पौडेलका अनुसार वैदेशिक रोजगारीमा गएकाहरूका विभिन्न स्वास्थ्य समस्या हुने गरेकाले जनताको माग सम्बोधन गर्ने यो कार्यक्रम सुरु गर्ने लागिएको हो । यो सेवामा दक्ष जनरल फिजिसियन, मनोसामाजिक परामर्शकर्ता वा मनोचिकित्सकहरू हुने छन् । सेवा आइतबार र शुक्रबार एक एक घण्टा चल्ने छ ।
कार्यक्रम बोर्डले गर्ने सम्पूर्ण गतिविधि तथा गरिआएको कामका विषयमा पनि जानकारी गराएको थियाे ।