दोस्रोपटक विश्वासको मत लिँदै मुख्यमन्त्री जम्मरकट्टेल

काठमाडाैँ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मरकट्टेलले आज विश्वासको मत लिने भएका छन् । विश्वासको मत लिनका लागि बैठक बोलाइएको भए पनि नेपाली कांग्रेसका सांसद अनुपस्थित हुने भएपछि स्थगित भएको बैठक आज बस्न लागेको हो ।

बैठक अपराह्न १ बजे बस्नेछ । नेकपा एमालेसहितको समर्थनमा मुख्यमन्त्री बनेका जम्मरकट्टेलले संघीय सरकारमा गठबन्धन फेरिए पछि दोहो-याएर विश्वासको मत लिन लागेका हुन् । नेपाली कांग्रेस भित्र विश्वासको मत दिने नदिने बारेमा विवाद बढेपछि अन्तिम समयमा आएर बुधवार बोलाएको बैठक स्थगित हुन पुगेको थियो ।

गठबन्धन दलको समर्थनमा मुख्यमन्त्री जम्मरकट्टेलले विश्वासको मत पाउने देखिएको छ । यद्यपि सरकारको नेतृत्व र सहभागिताको विषयमा आन्तरिक छलफल गरेर अघि बढाउनुपर्ने कांग्रेसको माग छ । विश्वासको मत दिए पनि सरकारको नेतृत्व, भागवण्डाका विषयमा भने छलफल हुनुपर्ने उनले बताए ।

यसअघि मुख्यमन्त्री जम्कट्टेलले प्रदेशसभाका दुई तिहाइभन्दा बढी सांसदको विश्वासको मत पाएका थिए । उनलाई १०५ जना सांसदले विश्वासको मत दिएका थिए । गत पुस २५ गते ५ दलका ७० जना सांसदको समर्थनमा मुख्यमन्त्री बनेका जम्कट्टेललाई नेमकिपाका ३ जना सांसदले भने विश्वासको मत दिएका थिएनन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button