प्रचण्ड तेस्रो पटक प्रधानमन्त्री भएको तीन महिना पूरा

दुई पटक विश्वासको मत, ६ पटक मन्त्रिपरिषद् विस्तार

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तेस्रो पटक प्रधानमन्त्री भएको तीन महिना पुगेको छ।

१० पुसमा नेकपा एमाले लगायतका दलको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डले तीन महिना नपुग्दै दुई पटक प्रतिनिधिसभाबाट विश्वासको मत लिएका छन्।

पुस २६ पहिलो पटक करिब पुरै संसदको विश्वासको मत पाएका उनले राष्ट्रपति निर्वाचनमा पुरानै गठबन्धन ब्यूताएपछि ६ चैतमा एमाले र राप्रपालगायतको विश्वासको मत गुमाए।

यसबीचमा प्रधानमन्त्री प्रचण्डले ६ पटक मन्त्रिपरिषद् विस्तार गरेका छन्। तर, अहिले मन्त्रीपरिषद् ७ सदस्यीय मात्रै छ। १६ वटा मन्त्रालय एक महिनाभन्दा लामो समयदेखि प्रधानमन्त्रीसँगै छन्।

अब उनले दश दलीय गठबन्धनमा रहेका सबै दललाई समेटेर सरकार विस्तारको तयारी गरेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button