बागमती सरकारमा सामेल एमालेका ४ मन्त्रीले दिए सामूहिक राजीनामा

काठमाडौँ । नेकपा एमाले बागमती प्रदेश सरकारबाट बाहिरिएको छ ।

एमालेबाट मन्त्री बनेका ४ जनाले मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई सामूहिक राजीनामा बुझाएका छन् ।

अर्थमन्त्री जगन्नाथा थपलिया, श्रम रोजगार तथा यातायात मन्त्री एकालाल श्रेष्ठ, स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठ र कृषि तथा पशुपन्छी विकासमन्त्री केशवप्रसाद पोखरेलले राजीनामा दिएका हुन् । थपलिया २६ पुसमा अर्थमन्त्री नियुक्त भएका थिए । अन्य ३ मन्त्री ११ माघमा नियुक्त भएका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button