नेकपा(एकीकृत समाजबादी) का जिल्ला अध्यक्षमा नवराज पौडेल

रातोपाटीन्यूज, सिन्धुपाल्चोक । मेलम्चीमा सम्पन्न नेकपा (एकीकृत समाजबादी)को जिल्ला अधिबेशनले नवराज पौडेलको अध्यक्षतामा ८५ सदस्यीय सर्वसम्मत जिल्ला कमिटि छनौट गरेको छ ।
जिल्ला कमिटिको उपाध्यक्षमा छिरिङग्याल्बु लामा र अनिता लामालाई चयन गरेको छ । यस्तै, सचिवमा दिपक नेपाल, उपसचिवमा कुमारराज घतानी, नरेन्द्र खड्का र रवि भण्डारी रहेका छन् । यसैगरी जिल्लाका तीन नगरपालिका र नौ गाउँपालिकामा संगठन बिस्तार गरिदै आएको नव निर्वाचित अध्यक्ष पौडेलले बताए ।
सिन्धुपाल्चोकको कम्युनिष्ट आन्दोलन नयाँ शिराबाट पुर्नसंगठित र एकीकृत गर्ने अध्यक्ष पौडेलले जानकारी दिए ।