तातोपानीको १० किलो र कोठेमा मोटरेबल पुल बन्दै

रातोपाटीन्यूज, सिन्धुपाल्चोक । पछिल्ला समय जिल्लाका अधिकांश स्थानमा मोटरेबल पुल निमार्ण भई यातायातका साधान संचालन हुन थालेका छन् ।
जिल्लाकै कतिपय दुर्गम पुग्ने गाउँ बस्ती जोड्नका लागि समेत मोटरेबल पुल बनेका छन् । हालसम्म तीन दर्जन हाराहारीमा जिल्लामा मोटरेबल पुल निमार्ण भई सवारी साधन संचालनमा छन् भने आधा दर्जन संख्यामा जिल्लाका बिभिन्न गाउँ जोड्ने मोटरेबल पुल निमार्ण भईरहेको छ । यस्तै, साना ठूला गाउँ जोड्नका लागि जिल्लाका थुप्रै स्थानमा पक्की पुल बनेर मोटर चलिसकेका छन् । तर बषौंदेखि भोटेकोशी गाउँपालिका–३ बोक्चेन, नाम्थाङ, छेताङ र सुनकोशी गाउँपालिका–७ कोठे, पाखरदोभान, थुम्पाखर, दोलखा जोड्ने मोटरेबल पुल निमार्ण हुन सकिरहेका थिएनन् । तर अब उक्त स्थानमा मोटरेबल पुल निमार्ण हुन लागेको छ । त्यसका लागि दुबै स्थानमा डिपिआर तयार गरिसकिएको छ । डिपिआर तयार भएपछि दुबै गाउँका हजारौं जनता हर्षले गद्गद् भएका छन् ।
भोटेकोशी गाउँपालिकाको १० किलो भन्ने स्थानबाट हिमाली गाउँ बोक्चेन, नाम्थाङ, छेताङ पुग्न पक्की पुल बनाउने काम अघि बढाइएको सो गाउँपालिकाका अध्यक्ष पासाङनृर्पु शेर्पाले जानकारी दिए । उक्त गाउँहरुमा मित्र राष्ट्र चीनको तिब्बतको सीमा उक्त गाउँमा शेर्पा समुदायको बाहुल्यता छ । सो गाउँमा शिक्षा, स्वास्थ्य, रोजगारी केही पनि छैन् । गाउँलेहरु पारी तातोपानी र झिर्पु, १० किलोमा सवारी साधान गुडेको र बिकास भएको टुलुटुलु हेरेर मात्रै बस्दै आएका छन् । तर अब पक्की पुल निमार्ण भएपछि उनीहरु पनि गाउँबाट तातोपानी, बाह्रबिसे, राजधानी सिधै आउजाउ गर्न सक्ने हुनेछन् ।
उक्त गाउँबासीले बषौंदेखि उक्त गाउँबासी भोटेकोशी नदी तरेर वारपार गर्दै आईरहेका थिए । साँघुको भरमा नदी तरेर आउजाउ गर्नुपर्दा बोक्चेन, नाम्थाङ, छेम्थाङका स्थानीय नदीमा परेका छन् । बषौंदेखि त्रासिदपूर्ण तरिकाले नदी तरेका उनीहरुले अब भने मुक्तिको श्वास फेर्न पाउने भएका छन् । पुल निमार्णपछि एक सय ५० बढी घरधुरीका स्थानीयले पुलबाट लाभ लिने छन् । स्थानीयलाई भोटेकोशी नदी तरेर घर जानु पर्ने समस्या हट्ने भएको छ । पुल निमार्ण हुने खुशीले उक्त गाउँबासीमा खुशीको सीमा नै छैन् । ‘बल्ल गाउँमा सरकार आएको जस्तो भएको छ’–गाउँबासीले प्रतिक्रिया दिएका छन् ।
राज्यका कुनै पनि बिकास निमार्णबाट उक्त गाँउबासी बञ्चित हुदैं आएका छन् । दोस्रो कार्यकालको स्थानीय जनप्रतिनिधि आएपछि मात्रै उक्त गाउँबासीले राज्यको उपस्थिति देखिएको आभास गरेका छन् । भर्खरै मात्र उक्त गाउँहरुमा सडक पुर्याईको छ । सडक खुलेसंगै मोटरेबल पुल निमार्णले गाउँको मुहार फेरिने गाउँबासीको आशा छ । जनताको बास्तविक पीडालाई सम्बोधन गर्न पक्की पुल बनाउनका लागि पालिका अध्यक्ष शेर्पा लगायतका जनप्रतिनिधिले खेलेका भूमिका प्रति स्थानीय समाजसेवी तथा नेपाल चेम्बर अफ कर्मश भोटेकोशी गाँउपालिका अध्यक्ष समेत रहेकी फुनु शेर्पाले खुशी ब्यक्त गरिन् । डिपिआर तयार संगै पालिकाले बजेट बिनियोजन गरी पक्की पुल निमार्णका काम अघि बढइने गापा अध्यक्ष पासाङनृर्पुले बताएका छन् ।
बषौंदेखि बलेफी गाउँपालिका–५ कोठेबाट सुनकोशी गापा–७ जोड्ने मोटरेबल पुल निमार्णको चर्चा थियो । तर अहिलेसम्म उक्त स्थानमा जग्गा बिबाद र पुलका लागि पहलकदमीका बिषयलाई लिएर पुल निमार्ण हुन सकिरहेको थिएन् । तर अहिले आएर बिवादहरु मिलेका छन् र पुल निमार्णका प्रक्रियाहरु अघि बढेका छन् । सुनकोशी गाउँपालिका–७ कोठेमा पक्की पुल निमार्णका लागि डिपिआर तयार भई पुल निमार्णका काम शुरु हुन लागेको छ । बलेफी गाउँपालिका–५ कोठेस्थित अरनिको राजमार्गबाट सुनकोशी गापा–७ को जाल्पा माबि, कोठे गाउँ, थुम्पाखरको पाखरदोभान, ठूलोपाखर, मुडे र दोलखा पुग्नका लागि पक्की पुल निमार्ण हुन लागेको सुनकोशी गाउँपालिकाका अध्यक्ष टपिन्द्रप्रसाद तिमल्सिनाले बताएका छन् । उक्त स्थानमा ८२ मिटर लम्बाई र ११ मिटर चौडाँईको पक्की पुल निमार्ण हुन लागेको छ ।
समाजसेवी तथा संचारकर्मी भूपेन्द्र भण्डारीको बिशेष पहलकदमीमा उक्त मोटरेबल पुल निमार्ण हुन लागेको हो । भण्डारीले पुल निमार्णका लागि शुरुवाती चरणदेखि हालसम्म महत्वपूर्ण भूमिका निर्वाह गर्दै आईरहेका छन् । भण्डारीलाई अहिले अन्य नेता, ब्यक्तिले साथ दिन थालेका छन् । पुल निमार्णपछि सो पालिकाको ६ र ७ नम्बर वडाका स्थानीयलाई बिशेष लाभ मिल्ने छ । उक्त पुल महाशाखाबाट पुल निमार्णको ठेक्का आह्वानको प्रक्रिया शुरु भएको छ । पुल निमार्ण हुने भएपछि पाखरदोभन गाउँका स्थानीय, कोठेबासी, थुम्पाखरबासी लगायतले लाभ लिने छन् ।