नवनियुक्त प्रहरी प्रमुख कुँवरलाई प्रदान गरियो दर्ज्यानी चिन्ह

काठमाडौँ । नेपाल प्रहरीका नवनियुक्त प्रमुख (प्रहरी महानिरीक्षक–आईजीपी) वसन्तबहादुर कुँवरलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।
गृह मन्त्रालयका सचिव विनोदप्रकाश सिंहले कुँवरलाई आइतबार दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । शुक्रबारको मन्त्रिपरिषद् बैठकले कुँवरलाई र्आजीपीमा नियुक्त गरेको थियो ।
नवनियुक्त महानिरीक्षक कुँवरले प्रहरी संगठनभित्रको शुद्धीकरण आफ्नो कार्यकालको प्राथमिकता हुने बताएका छन् ।