सत्ता पक्षले संशोधन फिर्ता गर्न नचाहेपछि सभामुखले बोलाएको छलफलमा जुटेन सहमति

काठमाडौं– प्रतिनिधि सभा नियमावली संशोधन विधेयकमा सहमति जुटाउन सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतक र सचेतकहरुसँग गरेको छलफल बिना निष्कर्ष टुंगिएको छ।

सत्ता पक्षबाट सहभागी दलहरुका प्रतिनिधिहरुले संशोधन फिर्ता लिन नचाहेपछि सहमति जुट्न सकेन। नियमावलीमा सत्ता पक्षका सांसदले सभामुखका तजबिजी अधिकार कटौतीका लागि संशोधन हालेका छन्।

कार्य व्यवस्था परामर्श समितिलाई बलियो बनाउने र सभामुखका अधिकार कटौती गर्ने सत्ता पक्षका सांसदहरुको संशोधनमा उल्लेख छ।

एमालेले भने प्रतिनिधि सभाका नेता सभामुख भएकाले यसअघिकै प्रावधानअनुसार अघि बढ्नुपर्ने अडान राखेको छ। एमालेका तर्फबाट सहभागी प्रतिनिधिहरुले संशोधन फिर्ता लिएर सर्वसम्मत रुपमा नियमावली संशोधन विधेयक पास गर्ने वातावरण बनाउनुपर्ने बताएका थिए।

नियमावलीमा हालिएको संशोधन प्रस्तावअनुसार सभामुखका अधिकार कटौती हुने भएपछि सभामुख घिमिरे झस्किएका छन्।

घिमिरे प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट सभामुख निर्वाचित भएका हुन्। उनले सत्ता पक्षलाई असहयोग गर्नसक्ने आशंकासहित सत्ता पक्षका सांसदले अधिकार कटौतीका लागि संशोधन हालेका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button