प्रहरीको आन्तरिक सुदृढीकरण मेरो प्रमुख प्रार्थमिकता : नवनियुक्त महानिरीक्षक कुँवर

काठमाडौं– नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजी) वसन्तबहादुर कुँवरले प्रहरीको आन्तरिक सदृढीकरण आफ्नो प्रमुख प्रार्थमिकता रहने बताएका छन्।आइतबार सिंहदरबारमा प्रहरी महानिरीक्षकको दर्ज्यानी चिह्न लगाएपछि कुँवरले यस्तो बताएका हुन्।

आईजी कुँवरले प्रहरीले गर्ने नराम्रा कामहरु र विगतमा भएका त्रुटिहरु लुकाएर प्रशासन बलियो नबन्ने भन्दै प्रहरीमा सुधार आवश्यक रहेको बताए। उनले प्रहरी प्रशासनको सुधार गर्ने दिन गनेर बस्ने छुट आफूलाई नरहेको पनि स्पष्ट पारे।

अपराधको रोकथाम र अनुसन्धानमा कुनै पनि बहाना र विकल्प बिना काम गर्ने कुँवरले प्रतिबद्धता जनाए। महानिरीक्षक कुँवरले शान्ति सुरक्षाको उपलब्धता नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धानसँगको निरन्तर समन्वय, सहकार्यमार्फत् देशको आन्तरिक सुरक्षा थप सुदृढ बनाइ नागरिकमा कानुनी राज्यको प्रत्याभूति दिलाउने प्रतिबद्धता पनि व्यक्त गरे।उनले नेपाल प्रहरीको क्रियाशीलतामा गुनासो आउन नदिने वचनबद्धता पनि व्यक्त गरे।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button