नेपाल-इजरायलबीच कृषि प्रविधि हस्तान्तरण सम्झौता हुने

काठमाडौं । मन्त्रिपरिषद् बैठकले नेपाल र इजरायलबीच कृषि प्रविधि हस्तान्तरण सम्झौता हुने भएको छ ।
यससम्बन्धी सम्झौतामा हस्ताक्षर (एमओयू) गर्ने जिम्मा इजरायलका नेपाली राजदूत डा. अञ्जान शाक्यलाई दिने निर्णय भएको कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले जानकारी दिए ।
“इजरायल र नेपाल सरकारबीच देशमा सातवटा सेन्टर अफ एक्सिलेन्स स्थापना गर्ने सम्झौतामा हस्ताक्षर (एमओयू) गर्न इजरायलका लागि नेपाली राजदूत शाक्यलाई जिम्मेवारी दिइएको छ,” उनले भने ।
यसअघि असोज ६ गते बसेको मन्त्रिपरिषद् बैठकले इजरायल सरकारसँग स्वास्थ्य क्षेत्रमा नेपाल कामदार (केयर गिभर) लैजाने सम्झौतामा हस्ताक्षर गर्न राजदूत शाक्यलाई नै जिम्मेवारी दिएको थियो ।