सत्तारुठ गठबन्धनको बैठक : बिहीबारसम्म मन्त्रिपरिषदलाई पूर्णता दिने निर्णय

काठमाडौँ- सत्तारुठ गठबन्धनको बैठकले बिहीबारसम्म मन्त्रिपरिषदलाई पूर्णता दिने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज दिउँसो बसेको गठबन्धनको बैठकमा मन्त्रालय भागबन्डाका विषयमा लगभग सहमति जुटेपनि कुन दललाई कुन मन्त्रालय दिनेबारे अझै टुंगो लाग्न नसकेको बताइएको छ ।
बैठकमा सहभागी जसपा वरिष्ठ नेता राजेन्द्र श्रेष्ठले गठबन्धनमा सहभागी राष्ट्रिय जनमोर्चाबाहेक ९ दल सरकारमा सहभागी हुने जानकारी दिए ।