कांग्रेसले टुंग्यायो मन्त्रीको नाम, कसलाई कुन मन्त्रालय?

काठमाडौं । सत्ता गठबन्धनमा जुटेको सहमती अनुसार नेपाली कांग्रेसले आफ्नो दलबाट मन्त्री बन्नेको नाम टुंगो लगाएको छ।

नेपाली कांग्रेसले ८ मन्त्रालय पाउने गठबन्धनमा सहमती भइसकेको छ। यस्तै नेकपा माओवादी केन्द्रले ५, जसपा र एकीकृत समाजवादीले २/२, जनमत पार्टीले १ मन्त्री र एक राज्यमन्त्री, नागरिक उन्मुक्ति, लोसपा, नेपाल समाजवादी पार्टी, आमजनता पार्टीले एक/एक मन्त्रालय पाउने छन्।

कांग्रेसले आफ्नो भागमा परेका ८ जनाको नाम टुंग्याएको हो। कांग्रेसबाट पूर्णबहादुर खड्का, रमेश रिजाल, धनराज गुरूङ, एनपी साउँद, सीता गुरूङ, डिगबहादुर लिम्बू, प्रकाशशरण महत र मोहनबहादुर बस्नेत मन्त्री बन्ने भएका छन्।

धनराज गुरूङ सामान्य प्रशासन मन्त्री, एनपी साउँद सहरी विकास मन्त्री, सीता गुरूङ भूमि व्यवस्था मन्त्री, डिगबहादुर लिम्बू न्याय, कानून तथा संसदीय मामिला मन्त्री, प्रकाशशरण महत अर्थमन्त्री र मोहनबहादुर बस्नेतलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री बनाउने कांग्रेसको निर्णय छ।

खड्का र रिजालको मन्त्रालय भने टुंगिसकेको छैन। अरू दलले भने मन्त्री बन्नेको नाम टुंग्याइसकेका छैनन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button