मन्त्रीपरिषद बिस्तार, नयाँ मन्त्रीको शपथ भोलि ३ बजे

काठमाडौं । भोलि ३ बजे मन्त्रीहरुको सपथ हुने भएको छ। राष्ट्रपति कार्यालयमा ३ बजेका लागि सपथको कार्यक्रम तय भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ।
बिहीबार नै मन्त्रिपरिषद विस्तार हुने भनिए पनि दलहरुले मन्त्रीको नाम दिन नसक्दा शुक्रबारलाई सरेको हो। कांग्रेसले मन्त्रीको नाम टुंगो लगाइसकेको छ। अन्य दलले मन्त्रीको नाम टुंग्याउन बाँकी छ।
सत्ता साझेदार दलहरुका बीचमा कांग्रेसले ८, माओवादी केन्द्रले ५, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा)ले २/२ र जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र नेपाल समाजवादी पार्टीले १/१ मन्त्रालय पाउने समझदारी छ। आम जनता पार्टीका अध्यक्ष प्रभु साह पनि मन्त्री बन्नेछन्।