कर्णालीका मुख्यमन्त्री शर्माले दोस्रोपटक पाए विश्वासको मत

काठमाडौँ- कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले दोस्रोपटक प्रदेशसभामा विश्वासको मत गरेका छन् ।

शुक्रबार बसेको प्रदेशसभा बैठकमा भएको मतविभाजनका क्रममा मुख्यमन्त्री शर्माको पक्षमा ३८ मत परेको थियो भने विपक्षमा १ मत परेको थियो ।

शर्मालाई राप्रपा बाहेकका सबै दलका सांसदले विश्वासको मत दिएका थिए । शर्माको पक्षमा ३८ मत परेपछि मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गरेको प्रदेशसभा सभामुख नन्दा गुरुङले घोषणा गरिन् ।

प्रदेश सभामा राप्रपाले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शर्माले दोस्रो पटक विश्वासको मत लिएका हुन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button