प्रधानमन्त्री प्रचण्डलाई भेट्न मिटरब्याज पीडित बालुवाटारमा

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न मिटरब्याज पीडितहरू बालुवाटार पुगेका छन्।

मिटरब्याजीको विरोधमा तराई विभिन्न जिल्लाबाट ११ दिनसम्म हिँडेर गत आइतबार काठमाडौँ आएका उनीहरूलाई प्रधानमन्त्री प्रचण्डले एक सातापछि समस्या समाधानबारे छलफलका लागि बालुवाटार बोलाएका हुन् ।

यसअघि बालुवाटार जाने क्रममा उनीहरुलाई प्रहरीले टंगालमै रोकेपछि सडकमै धर्ना दिएका थिए । त्यसपछि सरकारले वार्ता समिति गठन गरेको थियो । पीडितले १० बुँदे माग प्रस्तुत गरेका छन् । ती मागबारे आज बालुवाटारमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

मिटरब्याज पीडितले मिटरब्याजीलाई कारबाही गर्नुपर्ने, आफूहरूसँग लिइएको धितो फिर्ता हुनुपर्ने लगायतका माग राखेर काठमाडौँमा आएर आन्दोलन गरिरहेका छन्। उनीहरूले गृह मन्त्रालयको वार्ता टोलीसँग हिजो र अस्ति छलफल गरे पनि कुनै सहमति जुट्न सकेन ।

माग सम्बोधन नभएसम्म वार्ता पनि गर्ने र आन्दोलन पनि जारी राख्ने बताएका पीडितले माग सम्बोधन नभएसम्म गाउँ नफर्किने बताएका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button