‘नेपाली लेखक संघ सर्जकका उत्थानमा तल्लीन छ’

रातोपाटीन्यूज, भक्तपुर । नेपाली लेखक संघ सिन्धुपाल्चोकका अध्यक्ष नवीन बहादुर श्रेष्ठले सिन्धुका सर्जक, स्रष्टा, लेखक लगायतका साहित्य क्षेत्रको उत्थानमा संघ लागिरहेको बताएका छन् ।

नेपाली लेखक संघ सिन्धुपाल्चोकले शनिबार भक्तपुरको सानोठिमीमा आयोजना गरेको साहित्यिक अन्र्तक्रिया तथा सर्जक सम्मान कार्यक्रममा अध्यक्ष श्रेष्ठले सिन्धुमा बिद्यालयस्तरदेखि नै साहित्य क्षेत्रमा प्रोत्साहनका कार्य गर्ने बताएका हुन ।

श्रेष्ठले सिन्धुका साहित्य क्षेत्रको ईतिहास, गरिमा, साखलाई जोगाउदै साहित्य क्षेत्रका सर्जक, स्रष्टाको क्षमताबृद्धिमा संघले कुनै काम पनि गर्न कसुर बाँकी नराख्ने जोड दिए । उक्त कार्यक्रमका प्रमुख अतिथि एवम् नेपाली लेखक संघ केन्द्रीय समितिका सहअध्यक्ष डाक्टर रत्नमणि नेपालले संघ सिन्धुपाल्चोकका सम्पूर्ण लेखक, सर्जक, स्रष्टाहरको क्षमता बृद्धि र उत्थानमा लाग्न आग्रह गरे । मोफसलका साहित्यलाई केन्द्रसंग जोड्न र प्रतिस्पर्धी बनाउन पनि उनले संघलाई आग्रह गरेका छन् ।

उक्त संघका पूर्व जिल्ला अध्यक्ष सन्तोष बोहराले सिन्धु साहित्य र लेखन क्षेत्रमा संलग्न साहित्यकारलाई संघले संधै हौसला र प्रोत्साहनका काम गर्दै आएको स्मरण गरे । स्रष्टालाई एकैथलोमा जमघट गरेर साहित्य र लेखनबाटै सिन्धुमा सकरात्मक परिर्वतन आएको पूर्व अध्यक्ष बोहराले दाबी गरे ।

नेपाली लेखक संघ सिन्धुको ऐनाको रुपमा काम गरिरहेको उनले बताएका छन् । उक्त कार्यक्रममा सिन्धुपाल्चोक चौतारा साँगचोकगढी नगरपालिका–१४ स्थायी घर भई नेपाल चलचित्र कलाकार संघको केन्द्रीय समितिमा उपाध्यक्ष चुनिएका शिवहरि नेपाल(बैरागी) लाई सम्मान गरिएको थियो ।

युवा उद्यमी तथा साहित्यप्रेमी बिश्वास श्रेष्ठले सिन्धु साहित्य क्षेत्रमा आफूले सक्दो सहयोग र योगदान गर्ने बचनबद्धता गरेका थिए । सो अन्र्तक्रियामा महाकाब्यकार चन्द्रप्रसाद न्यौपाने, नविन पतझर, मनोज न्यौपाने लगायतका स्राष्टाले साहित्य उत्थानका अभिमत र रचना प्रस्तुत गरेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button