नेपालमा थप १ हजार ३ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा थप १ हजार ३ सय ५१ जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा १ हजार ३ सय ५१ जनामा संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा संक्रमितको संख्या ७४ हजार ७ सय ४५ जना पुगेको छ ।

यस्तै कोरोनाका कारण पछिल्लो २४ घन्टामा ४ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा ४ सय ८१ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button