पहिरोले अबरुद्ध बेनी-बागलुङ सडक तीन महीनापछि सञ्चालन

गलेश्‍वर। तीन महीनादेखि अवरुद्ध बेनी-बागलुङ सडक मर्मतपछि सञ्चालनमा आएको छ । गत असारदेखि विभिन्न स्थानमा खसेको पहिरोले अवरुद्ध भएको सडक मर्मतपछि हिजोदेखि सञ्चालनमा आएको सडक डिभिजन कार्यालयले जनाएको छ ।

सडकखण्डको तल्ली बान्द्रे,बागलुङ र म्याग्दीको सिमानामा पर्ने ढोडेनी खोला, रत्नेचौरको रानीबन लगायतका ठाउँमा पहिरो खसेपछि तीन महिनादेखि सडक अवरुद्ध भएको थियो ।

सडक डिभिजन कार्यालयले मानिस र मेसिनको प्रयोग गरी पहिरो पन्छाएर अवरुद्ध सडक सञ्चालन गरेको बेनी नगरपालिका-१ का वडाध्यक्ष टेकबहादुर रावलले बताए ।

बेनी-मालढुङ्गा सडकको विकल्पका रूपमा रहेको बेनी-बागलुङ सडक अवरुद्ध हुँदा बेनपा-रत्नेचौर र वडा नम्बर २ ज्यामरुककोटका साथै बेनी र बागलुङ आवतजावत गर्ने सयौँ यात्रु समस्यामा परेका थिए ।

सडक अवरुद्ध हुँदा स्थानीयले उत्पादन गरेको कृषिजन्य उत्पादन बिक्री वितरण गर्न बजार ल्याउन समस्या भएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button