नेपालमा थप १५१३ जनामा कोरोना भाइरसको संक्रमण

काठमाडौं । नेपालमा थप १ हजार ५ सय १३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप १ हजार ५ सय १३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

थप थप १ हजार ५ सय १३ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७६ हजार २ सय ५८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ७ सय ३१ जना कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन् । हालसम्म कोरोना संक्रमण मुक्त हुनेको संख्या ५५ हजार ३ सय ७१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button