रेल्वे बोर्डमा कार्यसमिति रहने कि नरहने भन्‍ने छलफल आवश्यक !

नेपाली कांग्रेसका सांसद जितेन्द्रनारायण देवले बोर्डको परिकल्पना कस्तो हुने सम्बन्धमा अझै स्पष्ट ढाँचा आउन नसकेको बताए । विज्ञ प्राविधिक रहेको बोर्ड बनाउने निर्क्योल भए पनि सोही अनुसार विधेयकको ढाँचा आउन नसकेको उनले बताए । उनले विधेयकमा प्रस्तावित कार्यकारी समितिको संरचना अप्रभावकारी देखिएको बताए । सबैभन्दा पहिले कार्यकारी समिति राख्‍ने वा नराख्‍ने सम्बन्धमा प्रस्तावित विधेयकमा स्पष्ट हुन नसकेको र यसको संरचना पनि ठिक ढंगले आउन नसकेको बताए ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद बेदुराम भुसालले यसअघि कार्यकारी समिति आवश्यक नरहने भन्‍ने सम्बन्धमा छलफलको निष्कर्ष भए पनि सोही अनुसार विधेयकको प्रस्ताव आउन नसकेको बताए । रेल्वे बोर्डमा कार्यकारी प्रमुख नै कार्यकारी हुने गरी संरचना निर्माण गर्नुपर्ने भुसालले बताए ।

जनता समाजवादी पार्टी नेपालकी सांसद प्रमिला कुमारीले बोर्ड गठन गर्दा मानव विकास सूचकांकमा पछाडि परेका समुदायलाई समावेश नगरिएको बताइन् । बोर्डमा महिलालाई समावेश गरे पनि पछाडि परेका समुदायलाई समावेश नगरिएकोले बोर्ड गठन सम्बन्धमा आफ्नो असहमति रहेको बताइन् ।

सांसद डा. विमला राई पौडयालले मानव संसाधनको विषयमा विधेयकले अझ बढी केन्द्रित भएर व्यवस्थाहरु राख्नुपर्ने बताइन् । त्यस्तै बोर्ड अन्तर्गत दुईवटा फाइनान्स विभाग राखिएको भन्दै यसमा थप स्पष्ट पार्न आग्रह गरिन् ।

बैठकमा रेल विभागका महानिर्देशक बलराम मिश्रले रेल्वे बोर्डको परिकल्पना गरिएको र सोही अन्तर्गत विभिन्‍न विभाग तयार गरी रेल्वे कम्पनीहरुमाथि नियमन गरिने व्यवस्था प्रस्ताव गरिएको बताए । आवश्यकता अनुसार देशका विभिन्‍न ठाउँमा कार्यालय खोली कार्य गरिने पनि उनले स्पष्ट पारे ।

कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव कमलराज गौतमले रेल्वे बोर्डको केन्द्रीय कार्यालय काठमाडौंमा रहने र आवश्यकता अनुसार नेपालभर जुनसुकै ठाउँमा पनि कार्यालय खोल्न सक्ने व्यवस्था गरिएको बताए । प्रदेश स्तरमा विस्तार हुँदै जाने सेवा अनुसार बोर्डले सिफारिस गरेको आधारमा मन्त्रालयले कर्मचारीको दरबन्दी र संरचना निर्माणको व्यवस्थापन गर्ने पनि उनले बताए ।

प्रस्तावित विधेयकमा बोर्डको प्रशासकीय प्रमुखको रुपमा काम गर्न नेपाल सरकारले एकजना रेल्वे प्रशासकको नियुक्ति गर्ने व्यवस्था पनि गरिएको छ । जसमा मान्यता प्राप्त शिक्षण संस्थाबाट इन्जिनियरिङ विषयमा कम्तीमा स्‍नातकोत्तर उपाधि हासिल गरेको र सडक वा रेल्वे यातायातको क्षेत्रमा कम्तीमा दश वर्षको अनुभव हासिल गरेको र पैतीस वर्ष उमेर पूरा भएको व्यक्ति नियुक्त गर्ने व्यवस्था पनि विधेयकले गरेको छ ।

त्यस्तै ऐनमा अन्यत्र उल्लेखित भएकोमा बाहेकर बोर्डको तर्फबाट सम्पूर्ण काम गर्नका लागि एक कार्यकारी समिति रहने समेत उल्लेख गरिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button