नेपालमा थप १५५९ जनामा कोरोना भाइरसको संक्रमण

काठमाडौं । नेपालमा थप १ हजार ५ सय ५९ जनामा कोरोना भाइरस (कोभिड १९)को संक्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा गरिएको परीक्षणका क्रममा थप १ हजार ५ सय ५९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिी १२ हजार २ सय ५ जना आरटी पीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो ।

थप १ हजार ५ सय ५९ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७७ हजार ८ सय १७ पुगेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button