नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४ सय ९८ पुग्यो

काठमाडौं । कोरोना भाइरसको सङ्क्रमणका कारण आज थप सात जनाको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको कुल सङ्ख्या चार सय ९८ पुगेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको नियमित प्रेस व्रिफिङ्मा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले दुई जना महिला र पाँच जना पुरुषको मृत्यु भएको जानकारी दिए ।
कोरोना सङक्रमणबाट काठमाडौँकी ३४ र ८६ बर्षीया महिलाको मृत्यु भएको हो भने सुनसरीका ६० बर्षीय पुरुष, मोरङका ६० बर्षीय पुरुष, सप्तरीका ३९ बर्षीय पुरुष, काठमाडौँका ५४ बर्षीय पुरुष, र रुपन्देहीका ८२ बर्षीय पुरुषको मृत्यु भएको भएकोे मन्त्रालयका प्रवक्ता प्रा.डा. गौतमले जानकारी दिए ।