खेल रद्द भएसँगै नेपाल फाइनलमा, उपाधिका लागि यूएईसँग भिड्ने

काठमाडौँ । नेपाल एसीसी प्रिमियर कप पुरुष क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । खेल नतिजा विहीन बनेपछि नेपाल समूह विजेताको बन्दै फाइनलमा पुगेको हो ।

जितको लागि २ सय ८१ रनको विजयी लक्ष्य पछ्याएको कुवेतले ८.३ ओभरमा ६ विकेट गुमाउँदै ३७ रन बनाउँदा खेल वर्षाको कारण खेल रोकिएको थियो । त्यसपछि भारी वर्षा हुँदा सुपर ओभर पनि हुन सकेन ।

नेपाल समूह ए को विजेता र कुवेत समूह बी को उपविजेताको रुपमा सेमिफाइनल खेलेका थिए । खेल हुन नसकेपछि नेपाल समूह विजेताको रुपमा फाइनलमा पुगेको हो । त्यस्तै, युएईले डीएलएस प्रणालीका आधारमा ओमानलाई २ रनले पराजित गर्दै फाइनल प्रवेश गरेको छ ।

युएईले दिएको २३७ रनको लक्ष्य पछ्याएको ओमानले ४३ ओभरमा ६ विकेट गुमाएर १९० रन बनाउँदा वर्षाका कारण खेल स्थगित भएको थियो ।

अब एसिसी प्रिमियर कपको उपाधिका लागि नेपालले यूएईसँग सोमबार त्रिवि क्रिकेट मैदानमा प्रतिस्पर्धा गर्नेछ । साथै, कुवेत र ओमानले तेस्रो स्थानका लागि आइतबार खेल्नेछन् ।

तस्बिरमा वर्षाले रोकिएको नेपाल र कुवेतबीचको खेल

  

 

  

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button