काठमाडौ-धुलिखेल विद्युतीय बस संचालन हुने

काठमाडौं । पहिलोपटक उपत्यका बाहिर सुन्दर यातयातको विद्युतीय बस संचालन हुने भएकाे छ । सुन्दर यातायातले काठमाडौ-धुलिखेल बस संचालन गर्ने भएको हाे ।

पहिलोपटक काठमाडौँ उपत्यका बाहिर बस संचलान गर्न नेपालकै पहिलो बिजुली बस कम्पनी सुन्दर यातायातका अध्यक्ष भेष बहादुर थापा सहितको टोलीले काठमाडौँ देखि धुलिखेलसम्मको परिक्षण यात्रा गरेका थिए ।

काठमाडौं देखि धुलिखेलसम्म पुग्दा बस धुलिखेलका मेयर अशोक बेञ्जुले स्वागत गरेका थिए ।

सुन्दर यातायातले छिट्टै धुलिखेलमा विद्युतीय चार्जिङ स्टेसन निर्माण गर्ने र बस नियमित संचालन गर्ने सुन्दर यातायातका अध्यक्ष भेष बहादुर थापाले जानकारी दिएका छन ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button