नेपालमा एकैदिन १ हजार ९ सय ११ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ९ सय ११ कोरोना संक्रमण देखिएको छ ।
बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप १ हजार ९११ जना कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।
प्रवक्ता गौतमका अनुसार आज थप ९६१ जना संक्रमित निको भएका छन्। योसँगै निको हुनेको संख्या ५७ हजार ३८९ पुगेको छ।