प्रधानमन्त्रीले ‘आफूखुसी’ राजदूत नियुक्त गरेपछि नेकपामा असन्तुष्टि

काठमाडौं । राजदूत नियुक्तिको विषयलाई लिएर सत्तारुढ दल नेकपामा विवाद देखिएको छ ।

मन्त्रिपरिषद् बैठकले अमेरिकाका लागि नेपाली राजदूतको रुपमा पूर्व अर्थमन्त्रीसमेत रहेका प्रधानमन्त्रीका विषेश आर्थिक सल्लाहकार डा युवराज खतिवडा र मुख्य सचिव लोकदर्शन रेग्मीलाई राजदूत नियुक्त गरेसँग पार्टीमा असन्तुष्टि बढेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा कुनै छलफल नगरि महत्वपूर्ण नियुक्ति गरिएको भन्दै नेताहरुले असन्तुष्टि व्यक्त गरेका छन् ।

राजनीतिक नियुक्ती गर्दा सचिबालमा छलफल गरेर निर्णय गर्नुपर्ने स्थायी कमिटी बैठकको निर्णय विपरित ओलीले निर्णय गरेको भन्दै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता माधवकुमार नेपालले असन्तुष्टि पोखेका छन् ।

ओलीले नियुक्ती गर्न लागेको बारे कुनै छलफल पार्टीमा नगरेको र निर्णय विपरितको कदम भएको नेकपाका एक सचिबालय सदस्यले भने ।

यसअघि प्रधानमन्त्री ओलीले पार्टीसँग छलफल नगरेको, आफूखुसी निर्णय गरेको भन्दै स्थायी कमिटी बैठकमा प्रधानमन्त्रीको चर्को आलोचना भएको थियो । जसका कारण बैठक लामो समयसम्म रोकिएको थियो ।

भदौ २६ गते बसेको स्थायी कमिटी बैठकले राजनीतिक नियुक्ति गर्दा सचिवालयमा भएको छलफल र दुई अध्यक्षको परामर्शमा गर्ने भनिएको थियो ।

सरकार प्रधानमन्त्री ओलीले पार्टीसँगको छलफलका आधारमा सञ्चालन गर्ने र पार्टी अर्का अध्यक्ष प्रचण्डले चलाउने बारे सहमति भएको थियो ।

तर प्रधानमन्त्री ओलीले महत्वपूर्ण निर्णय गर्दा पार्टीमा कुनै छलफल नगरेपछि नेकपामा पुन विवाद चर्कने सम्भावना बढेको एक नेताले बताए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button