कारोबारले इतिहास रचेको साता, बजार पुँजीकरण करिब २१ अर्ब पुग्यो

काठमाडौं । यो साता नेपाल स्टक एक्चेन्जमा नयाँ रेकर्ड नै रेकर्ड बन्यो । एकै दिन सबैभन्दा धेरै कारोबार भएर गत साता बनेको रेकर्ड यो साताको पहिलो कारोबार दिनमा नै ब्रेक भयो । साताको पहिलो दिन आइतबार करिब ३ अर्ब ६१ करोडको कारोबार हुँदा सेयर बजार परिसुचक नेप्से १ हजार ४३४ दशमलब ८७ बाट करिब ७० अंकले बढेर १ हजार ५०४ दशमलब १७ अंकमा पुग्यो । 

साताको दोस्रो दिन सोमबार नेप्सेमा १ दशमलब ९६ अंकको समान्य करेक्सन भएर १ हजार ५०२ दशमलब १८ अंकमा कारेबार पनि घटेर ३ अर्ब ४१ करोडको भयो ।  साताको तेस्रो दिन मंगलबार बजारमा पुनः उछाल आउँद नेप्से ४३ दशमलब ०२ अंकले बढेर १ हजार ५४५ दशमलब २० अंकमा पुग्यो भने कारोबार रकम भने घटेर करिब ३ अर्बमा सीमित भयो ।

साताको चौथो दिन नेप्से  ५० दशमलब ९३ अंकले बढेर १ हजार ५९६ दशमलब १३ अंकमा पुग्दा कारोबारमा आइतबारको रेकर्ड उल्ट्याउँदै ४ अर्ब १५ करोडको भयो । साताको अन्तिम दिन बिहीबार नेप्से ३६ दशमलब ०५ अंकले बढेर २०७४ भदौ यताको उच्च विन्दु १ हजार ६३२ दशमलब १७ अंकमा पुग्यो । कारोबार हालसम्मकै उच्च ४ अर्ब ४६ करोडको भयो । 

यो साता नेप्से परिसुचक १९७ दशमलब ३ अंकले बढ्यो भने कारोबार हालसम्मकै कीर्तिमानी १८ अर्ब ६४ करोड माथिको भयो । यस्तै सेन्सेटिभ इन्डेक्स ४७ दशमलब २५ अंकले बढेर ३४७ दशमलब ६९ अंकमा पुगेको छ ।

नेप्से परिसूचकमा वृद्धि भएसँगै बजार पुँजीकरण पनि १३ दशमलब ७९ प्रतिशतले वृद्धि भएर करिब २१ खर्बको नजिक पुगेको छ । बिहीबार कारोबार बन्द हुँदा बजार पुँजीकरण २० खर्ब ८३ अर्ब ६८ करोड पुगेको नेप्सेले जनाएको छ ।

यो साता लगानीकर्ताको अकर्षणमा बिमा, बैंकिङ, विकास बैंक र उत्पादमुलक समूह परेका छन् । जीवन बिमा समूह १ हजार २६७ दशमलब ६७ अंकले बढेर ९हजार ७४१ दशमलब ३१ अंकमा पुगेको छ ।

यस्तै उत्पादन समूह ३३९ दशमलब ६७ अंकले वृद्धि भएर ३ हजार २४३ दशमलब ६७ अंक, र्निजीवन बिमा समूह २४६ दशमलब १८ अंकले वृद्धि भएर ७ हजार ३५५ दशमलब १६ अंक, बैंकिङ समूह २३७ दशमलब ४३ अंकले बढेर १ हजार ४४० दशमलब १५ अंक, विकास बैंक समूह १८२ दशमलब ०७ अंकले बढेर २ हजार ६३ दशमलब ७ अंकमा पुगेको छ । यो साता सबै समूहमा वृद्धि भएको छ । 

कारोबार रकमका आधारमा यो साता नेपाल लाइफ इन्स्योरेन्सले लिड गरेको छ ।

धेरै कारोबार हुने शीर्ष १० कम्पनीको पहिलो नम्बरमा रहेको नेपाल लाइफको साताभरमा ८७ करोड ७६ लाख बराबरको कारोबार भएको छ ।

यस्तै एनएममबी बैंकको ६५ करोड २७ लाख, हिमालयन डिस्टिलरीको ६५ करोड २० लाख, शिवम् सिमेन्टको ६१ करोड ६८ लाख, एनआइसी एसिया बैंकको ५९ करोड ५२ लाख, नेपाल बैंकको ४७ करोड ७२ लाख, शिखर इन्स्योरेन्सको ४२ करोड ४५ लाख, प्रभु बैंकको ४१ करोड ९७ लाख, ग्लोबल आइएमई बैंकको ५९ करोड ५३ लाख र नेको इन्स्योरेन्सको ३८ करोड ३१ लाख बराबरको कारोबार भएको छ ।

बजार पुँजीकरणमा नेपाल दूरसञ्चार कम्पनीको लिड कायमै रहेको छ ।

कम्पनीको बजार पुँजीकरण खर्ब माथि १ खर्ब ७ अर्ब ८५ करोड पुगेको छ । त्यस्तै पुँजीकरणको आधारमा दोस्रोदेखि दशौंमा क्रमशः नबिल बैंकको ९६ अर्ब ३२ लाख, नेपाल लाइफको ८० अर्ब ४१ करोड एभरेस्ट बैंकको ७४ अर्ब १७ करोड, एनएमबी बैंकको ६९ अर्ब ४८ करोड, नेपाल इन्भेस्टमेन्ट बैंकको ६८ अर्ब ८३ करोड, स्टान्डर्ड चाटर्ड बैंकको ६७ अर्ब ६ करोड, हिमालयन बैंकको ६४ अर्ब ४२ करोड, एनआईबी एसिया बैंकको ६४ अर्ब १४ करोड र ग्लोबल आइएमई बैंकको ५८ अर्ब ७ करोड रहेका छन् । 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button