अपाङ्‍गता भएका महिलाहरुको संरक्षण गर्न सरकारलाई महिला तथा सामाजिक समितिको निर्देशन

काठमाडौं । संसदीय समितिले फरक रुपले सबल अपाङ्‍गता भएका महिलाहरुको संरक्षण हुनेगरी कोभिड-१९ प्रतिकार्यका कार्यसम्पादन गर्न सरकारलाई निर्देशन दिएको छ ।

कोभिडले अपाङ्‍गता भएका महिलाहरुको रोजगारी र आय आर्जनमा देखिएको समस्याले दैनिक जीवनयापनमा भएको असहजताको सम्बोधन गर्न समितिले निर्देशन दिएको छ । संसदको महिला तथा सामाजिक समितिले फरक रुपले सबल महिलाको जीवनयापन सहज हुने गरी नीति बनाउन महिला बालबालिका तथा ज्‍येष्‍ठ नागरिक मन्त्रालय र राष्ट्रिय योजना आयोगलाई निर्देशन दिइएको सभापति नीरुदेवी पालले बताइन् ।

तीनवटै तहले प्रभावकारी समन्वय गरी त्यस्ता महिलाहरुको बृहत्तर हित प्रवर्द्धन र संरक्षण हुनेगरी कोभिड प्रतिकार्यका काम सम्पादन गर्न समितिले निर्देशन दिएको हो । विसं २०६८ को जनगणनाअनुसार १ दशमलव ९४ प्रतिशत अपङ्‍गता भएका व्यक्तिहरु रहेकामा कोभिडका कारण त्यो समूहभित्र पर्ने महिलाहरु बढी प्रभावित भएको समितिको ठहर छ ।

समितिले कोभिडले महिलाहरुको दैनिक जीवनयापनमा अवरोध देखापरेकाले अत्यावश्यक सेवा र जनस्वास्थ्य सेवाको नियमित उपलब्धताको सुनिश्चित हुनेगरी नीति बनाउन पनि समितिले भनेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button