पूर्वप्रधानमन्त्री खानलाई पाकिस्तानबाहिर जान प्रतिबन्ध

एजेन्सी – पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई देशबाहिर जान प्रतिबन्ध लगाइएको छ। खान र उनकी पत्नी बुशरा बीबीलाई सरकारले ‘नो फ्लाई लिस्ट’ मा राखेको हो ।

अदालतमा मुद्दा चलिरहेको समयमा फरार हुन सक्ने शंका गर्दै रोक लगाइएको हो। गत मे ९ मा प्रहरीले खानलाई पक्राउ गरेपछि भड्किएको हिंसामा झण्डै एक दर्जनको मृत्यु भइसकेको छ। उनीविरुद्ध झण्डै १४० मुद्दा दर्ता छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button