नक्कली शरणार्थी प्रकरण : आजबाट प्रतिवादीहरूको अदालतमा बयान

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका प्रतिवादीहरूको अदालतमा बयान प्रक्रिया सुरु हुँदैछ । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाई ठूलो रकम ठगी गरेर अमेरिका पठाउन लागेको अभियोगमा पक्राउ परेकाहरूको आजबाट अदालतमा बयान सुरु हुन लागेको हो ।

गत सोमबार प्रहरीले आफ्नो अनुसन्धान पूरा गरी ३० जनाविरुद्ध पाँच अभियोगमा सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझाएपछि सरकारी वकिलको कार्यालयले बुधबार जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता गरेको थियो ।

सरकारी वकिलको कार्यालयले पक्राउ परेकाविरुद्ध ठगी, राज्यविरुद्धको अपराध, किर्ते र संगठित ठगी मुद्दा चलाएको छ । बयान सकिएपछि मात्र थुनछेकको बहस सुरु हुनेछ । थुनछेकको बहसपछि प्रतिवादीहरूलाई थुनामा राख्ने वा धरौटीमा रिहा गर्ने भन्ने आदेश हुनेछ । ३० प्रतिवादीहरूको बयान सक्न कम्तीमा एक हप्ता लाग्न सक्ने जनाइएको छ ।

शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाँण, पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का सुरक्षा सल्लाहकार इन्द्रजित राई, हज समितिका अध्यक्ष शमशेर मियाँ, पूर्व सभासद आङटावा शेर्पा, खाँणका स्वकीय नरेन्द्र केसी, सन्दीप रायमाझीसहित गिरोह केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, टंक गुरुङ, गोविन्द चौधरी र रामशरण केसी प्रहरी हिरासतमा छन् । पूर्व गृहमन्त्री थापाका छोरा प्रतीक, इन्द्रजित राईका छोरा नीरजसहितका १७ जना फरार छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button