प्रतिनिधिसभाको बैठक शनिबार ४ बजे बस्ने

काठमाडौँ- शुक्रबार एमालेका सांसदको नाराबाजीबीच स्थगित प्रतिनिधिसभाको बैठक शनिबार बेलुकी ४ बजेका लागि डाकिएको छ ।

एमालेका सांसदहरुले नाराबाजी गरेपछि शुक्रबारको बैठक २० मिनेटका लागि स्थगित गरिएको थियो । त्यसपछि ३ बजे बैठक डाकिएको थियो । तर ३ बजे पनि बैठक बस्न सकेन र ६ बजेका लागि पुनः डाकियो ।

यद्यपि ६ बजेपनि बस्न नसकेपछि शनिबारका लागि बैठक डाकिएको हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button