हेल्पले गर्यो शैक्षिक सामग्री वितरण

पृथ्वीजंग पाण्डे / पिस्कर । हेल्प संस्थाले त्रिपुरासुन्दरी गाउँपालिकाको विभिन्न विद्यालयमा बिहिवार शैक्षिक सामग्री वितरण गरेको छ।
वडा न १ घोर्थलीको सेतिदेवी आधारभुत विद्यालय टुङ्गाथलीका ७५ जना विद्यार्थी र वडा न २को गणेश आधारभुत विद्यालय लाटुका ७५ जना विद्यार्थीहरुलाइ शैक्षिक सामग्री वितरण गरिएको छ।
गाउँपालिका अध्यक्ष भक्तध्वज बोहराको प्रमुख आतिथ्यतामा शैक्षिक सामग्री सहितको झोला वितरण गरिएको हो। कार्यक्रममा गाउँपालिका उपाध्यक्ष गिताकुमारी नेपाल, वडा न १ का वडा अध्यक्ष सिताराम थापा, नेपाली काङ्ग्रेस त्रिपुरासुन्दरीका सचिव लालबहादुर श्रेष्ठ लगायत विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु र स्थानीयको उल्लेखनीय उपस्थित रहेको थियो।
हेल्पका डाइरेक्टर जिमि लामासहितको उपस्थितिमा शैक्षिक सामग्री सहितको झोला वितरण गरिएको थियो। हेल्पका अध्यक्ष जिमि लामाको अनुसार त्रिपुरासुन्दरी गाउँपालिका र हेल्प संस्थाको साझेदारीमा संचालन हुँदै आएको साथी शिक्षक कार्यक्रम एक वर्ष प्रवेश गरेको अवसरमा चोकटीको लाटुमा अवस्थित गणेश आधारभूत विद्यालय र घोर्थलीको टुंगाथलीमा रहेको सेतीदेवी आधारभूत विद्यालयमा विविध पक्षको अवलोकन समेत गरिएको थियो ।
गत वर्ष मंसिर महिनामा त्रिपुरासुन्दरी गाउँपालिका र हेल्पको संयुक्त प्रयासमा पालिकाको २० वटा विद्यालयको आधारभूत तहको सर्वेक्षण गर्दा करिब ९५ प्रतिशत बढी विद्यार्थीहरुले अंग्रेजीमा वाक्य पढ्न वा हिसाबमा सामान्य भाग हल गर्न कठिनाइ भएको पृष्ठभूमि थियो। साथी शिक्षक कार्यक्रम मार्फत आधारभूत तहमा विद्यालयको शैक्षिक गुणस्तर उकास्न यो कार्यक्रम संचालनमा ल्याएको हो। हाल त्रिपुराको ५ वटा विद्यालयमा १० जना साथी शिक्षक रहेका छन्।
साथी शिक्षकहरुको प्रयास र गाउँपालिकाको लगानीले शिक्षण सिकाईमा गुणात्मक सुधार हुँदै आएको त्यहाँका स्थानीय र अभिभावकहरुले बताएका छन। अवलोकन गर्दा हेर्न देख्न सकिने अवस्था समेत भएको छ। यसै सन्दर्भमा, थप सहयोगको लागि साथी शिक्षक र विद्यालयको अनुरोधमा, हेल्पले यी दुई विद्यालयमा अध्य्यनरत १५० विद्यार्थीहरूका लागि स्कूल ब्याग तथा स्टेशनरीको व्यवस्था गरेको थियो। शैक्षिक सामग्री पाउने असी प्रतिशत विद्यार्थीहरु सीमान्तकृत थामी समुदायका छन्।
गाउँपालिकाको योजना अनुरुप आधारभूत विद्यालयहरुको सिकाइ उपलब्धि वृद्धि गर्न गाउँपालिका र हेल्प प्रतिबद्ध रहेको जनाइएको थिए। समग्रमा, प्राथमिक तहको आवश्यकता दोश्रो दर्जामा राखिनु हुन्न भन्ने अभिप्रयका साथ विद्यालयहरुको अवलोकन र अन्तरक्रिया समेत गरिएको थियो। साथी शिक्षक कार्यक्रम त्रिपुरासुन्दरीमा लोकप्रिय बनिरहेको छ। साथी शिक्षक कार्यक्रम पछि विद्यार्थी भर्नादर र सिकाइ उपलब्धिमा उल्लेखनीय सुधार हुँदै गएको छ।
सेतिदेवी आबि घोर्थली, गणेश आवि चोकटी, लालिगुरास आवि धुस्कुन, मंगलामाइ माबी पिस्कर र कालिकामाबी टेकानपुरमा साथी शिक्षकहरु कार्यरत रहेका छन।