कांग्रेस नेता गगन थापालाई कोरोना पुष्टि

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापालाई कोरोना पुष्टि भएको छ । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकका लागि स्वाब संकलन गरेर परीक्षण गरिएको थियो । थापासहित तीनजना केन्द्रीय सदस्यको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको थियो ।
थापासहित केन्द्रीय सदस्य अर्जुननरसिंह केसीलाई पनि कोरोना पुष्टि भएको छ । केसीले सामाजिक सञ्जालमा आफूलाई कोरोना पुष्टि भएको बताएका छन् ।

थापाले सामाजिक सञ्जाल ट्विटरमार्फत भनेका छन्–असोज १५ गते पार्टी कार्यालयमा भएको पीसीआर परीक्षणमा मलाई कोभिड संक्रमण देखिएको जानकारी पाएँ । मेरो स्वास्थ्य अवस्था सामान्य छ । अहिले म घरमै आइसोलेसनमा छु । यसबीचमा मेरो सम्पर्कमा रहनुभएका सबैले सजगता अपनाउनुहुन र कुनै समस्या आएमा स्वास्थ्यकर्मीसँग परामर्श गर्नुहुन अनुरोध गर्दुछ, ।”

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button