बालुवाटारमा कोरोना संक्रमित बढेपछि नेकपा सचिवालय बैठक स्थगित

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक स्थगित भएको छ ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको सचिवालयका चार सदस्य सहित करिब ७० सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टिभएपछि बैठक स्थगित गरिएको हो ।

पछिल्लो समय सरकारले गरेको राजनीतिक नियुक्तबारे पार्टीमा प्रश्न उठेपछि बैठक बोलाइएको थियो ।

सरकारले डा युवराज खतिवडा र मुख्यसचिबलाई पार्टीमा छलफलनगरि राजदूत नियुक्त गरेपछि नेकपामा विवाद देखिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button