इंग्लिस प्रिमियर लिग फुटबल: म्यानचेस्टर युनाइटेडमाथि टोटनह्यामको शानदार जित

काठमाडाैं । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा टोटनह्यामले म्यानचेस्टर युनाइटेडलाई ६–१ ले पराजित गरेको छ ।
टाेटनह्यामका लागि ह्यारी केन र सन हेङ्ग–मिनले दुई–दुई गोल गरे । यस्तै एनडोम्बेले र औरिएरले एक–एक गोल गरे ।
दोस्रो मिनेटमै पाएको पेनाल्टीमा ब्रुनो फेर्नान्डेसले गोल गरी म्यानचेस्टर युनाइटेडलाई सुरुवाति अग्रता दिलाएका थिए। तर सो अग्रता जोगिन सकेन ।