जनजागरण पार्टीका अध्यक्ष डा. खनालद्वारा डा. केसीको जीवनरक्षा गर्न आग्रह

काठमाडौं । जनजागरण पार्टी नेपालका अध्यक्ष डा. वि.पी. खनालले अनशनरत प्रा. डा. गोविन्द केसीको जीवनरक्षा गर्न आग्रह गरेका छन् ।

खनालले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष डा. केसीको जीवनरक्षा गर्न ध्यानाकर्षण गराएका हुन् । मेडिकल शिक्षा सुधार र विगतमा भएका सम्झौता कार्यान्वयनको माग गर्दै डा. केसी अनशन बसिरहेका छन् ।

१९औं अनशन जुम्लाबाट सुरु गरेको भए पनि केसी हाल त्रिवि शिक्षण अस्पताल महाराजगन्ज छन् । आज मात्रै उनलाई श्‍वास फेर्न कठिन भएपछि अक्सिजन दिइएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button