५ नम्बर प्रदेशको राजधानी सार्ने प्रस्तावको विपक्षमा प्रदेश सभा बैठकमै नाराबाजी

बुटवल । प्रदेश ५ को स्थायी राजधानी दाङको भालुवाङ तोक्ने प्रदेश सरकारको प्रस्तावको विपक्षमा प्रदेश सभामा नाराबाजी भएको छ ।

प्रदेश सभा बैठक शुरु भएलगत्तै विपक्षी दलका तर्फबाट नेता वीरेन्द्र कनौडियाले नियमापत्ति जनाएका थिए ।

त्यसपछि सभामुख पूर्ण घर्तीले कनौडियालाई बोल्ने अनुमति दिए । प्रदेशसभा बैठकमा नियमापत्ति मन्तव्य राख्दै नेता कनौडियाले राजधानी सार्ने विषयमा सरकारले अगाडि सारेको प्रस्ताव प्रजातान्त्रिक अभ्यास विपरित आएको बताए ।

कनौडियाले मन्तव्य राखेपछि विपक्षी दलका सांसदहरुले रोस्टम घेराउ गर्दै नाराबाजी गरेका थिए ।

यसअघि प्रदेशको राजधानी र नाम तोक्ने विषयमा अध्ययन गर्न गठित कार्यदलको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने लगायत मागसहित विपक्षी दलहरुले सभाको बैठकमा नाराबाजी गरेका थिए ।

विपक्षी दलका सांसदहरुको नाराबाजीका बीच सभामुख घर्तीले सोमबार दिउँसो २ बजे सम्मका लागि प्रदेश सभा बैठक स्थगित गरेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button