राजधानी दाङ बनाउने प्रस्तावपछि प्रदेश सभा बैठकमा कांग्रेस सांसदले गरे तोडफोड

बुटवल । प्रदेश ५ को प्रदेश सभाको बैठकमा कुर्सी तोडफोड भएको छ। प्रतिपक्षी कांग्रेसका सांसदको विरोधका बीच सभामुखले बैठक अगाडि बढाएपछि बिरोध गर्ने क्रममा कांग्रेस सांसदहरु विजय यादव र ओसिउद्दिन खानले सभामा कुर्सि तोडफोड गरेका हुन्।

सभामुखले बैठक सुरू गर्नेबित्तिकै कांग्रेस सांसद उठेर रोष्टम घेर्न पुगेका थिए । सरकारले स्थायी राजधानी दाङमा तोक्ने प्रस्ताव फिर्ता लिनुपर्ने कांग्रेसले माग राखेको हो।

कांग्रेसको विरोधबीच सभामुखले प्रदेशको नामाकरण र स्थायी राजधानीको प्रस्ताव छलफलका लागि पेश गर्न आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीलाई समय दिएका छन्।

मन्त्री केसी रोष्टमतर्फ अगाडि बढ्दा कांग्रेस सांसदले छेकेका थिए। नेकपाले सर्वसत्तावाद लाद्न खोजेको कांग्रेसको आरोप छ।

मन्त्री केसीले स्थायी राजधानी र प्रदेशको नामबारे प्रस्ताव छलफलका लागि पेश गरेका छन्। लगत्तै विपक्षी सांसदहरूले संसदको कुर्सी तोडफोड गरेका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button