बुटवल–भैरहवा करिडोरलाई प्रदेश ५ को बित्तीय राजधानी बनाइने

बुटवल । रुपन्देहीको बुटवल–भैरहवा करिडोरलाई प्रदेश नम्बर ५ (प्रस्तावित लुम्बिनी प्रदेश)को बित्तीय राजधानी बनाइने भएको छ ।

यस्तै, रुपन्देही जिल्लासहित कपिलवस्तु र नवलपरासी जिल्लालाई सांस्कृतिक–पर्यटकीय राजधानी बनाइने सोमबार बसेको प्रदेश सरकारको मन्त्रिपरिषद बैठकले निर्णय गरेको छ ।

मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद बैठकले बुटवल–भैरहवा करिडोरलाई बित्तीय र रुपन्देही, कपिलवस्तु र नवलपरासी जिल्लालाई सांस्कृतिक–पर्यटकीय राजधानी बनाउने निर्णय गरेको सामाजिक विकास मन्त्री सुदर्शन बरालले जानकारी दिए ।

भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी र बुद्धसँग सम्बन्धित क्षेत्रको उजागर गर्ने उद्देश्यका साथ रुपन्देही, कपिलवस्तु र नवलपरासी जिल्ला समेटेर सांस्कृति पर्यटकीय राजधानी बनाउने निर्णय गरिएको हो ।

बुटवलमा रहेको प्रदेश राजधानीलाई दाङको देउखुरी (राप्ती उपत्यका)मा सार्ने प्रस्तावका कारण सत्तापक्षकै सांसद चिढिए पछि सरकारले रुपन्देहीलाई बित्तीय राजधानी बनाउने निर्णय गरेको हो ।

यसअघि सोमबार बसेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको प्रदेश संसदीय दलको बैठकमा भौतिक पूर्वाधार मन्त्री बैजनाथ चौधरीले रुपन्देहीलाई बित्तीय राजधानी बनाउने प्रस्ताव गरेका थिए ।

चौधरीको प्रस्तावलाई संसदीय दलबाट निर्णय गराएर मन्त्रिपरिषद बैठकमा लगिएको थियो ।

मंगलबार बिहान बसेको प्रदेश मन्त्रिपरिषदको बैठकले कपिलवस्तुको शिवराज नगरपालिकामा सरुवा रोग नियन्त्रण तथा उपचारका लागि अस्पताल बनाउने समेत निर्णय गरेको छ ।

अस्पताल बनाउनका लागि वन क्षेत्रको ९ विघा जग्गा उपलब्ध गराउने पनि मन्त्रिपरिषदले निर्णय गरेको छ ।

मंगलबारको मन्त्रिपरिषद बैठकले गरेका निर्णयहरु मुख्यमन्त्री शंकर पोखरेलले नै मंगलबार बस्ने प्रदेशसभा बैठकमा सार्वजनिक गर्ने जनाइएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button