प्रदेश नम्बर ५ को नामांकन र स्थायी राजधानीबारे निर्णय गर्ने प्रदेशसभा बैठक शुरु

बुटवल । प्रदेश नम्बर ५ को स्थायी मुकाम (राजधानी) तोक्ने र नामांकनका सन्भर्दमा निर्णय गर्ने प्रदेश सभाको बैठक मंगलबा दिउँसो शुरु भएको छ ।

मंगलबार दिनको १२ बजे बस्ने गरी तय गरिएको बैठक १ घण्टा ढिलो गरी शुरु भएको हो । प्रदेश सरकारको निर्णयानुसार गत शुक्रबार प्रदेश नम्बर ५ का आन्तरिक मामिला तथा कानून मन्त्री कुलबहादुर केसीले प्रदेशसभामा पेश गरेका थिए ।

सोही प्रस्तावलाई सोमबार बसेको प्रदेशसभा बैठकमा निर्णयार्थ पेश गरिएको थियो । सोमबार पेश भएको प्रस्तावमाथि संशोधन दर्ता गर्न १८ घण्टाको समय दिइएको थियो । उक्त समयमा ३ वटा संशोधन दर्ता भएका छन् ।

प्रदेश सरकारले प्रदेशको नाम ‘लुम्बिनी’ र स्थायी राजधानी दाङको भालुवाङसहितको देउखुरी उपत्यका तोक्ने निर्णय गरेको छ ।

सरकारले प्रदेशसभामा पेश गरेको प्रस्तावका पक्षमा मतदान गर्न सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले ह्वीप जारी गरेको छ । यस्तै, विपक्षी नेपाली कांग्रेसले भने सरकारले पेश गरेको प्रस्तावका विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ ।

कूल ८७ सदस्य रहेको प्रदेशसभामा नेकपाका मात्रै ६१ जना सदस्य (सांसद) छन् ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button