प्रदेश ५ को राजधानी दाङ राख्ने प्रस्ताव दुई तिहाई मतले पारित

बुटबल । प्रदेश नम्बर ५ को राजधानी दाङ राख्ने प्रस्ताव पास भएकाे छ । प्रदेश नम्बर पाँचमा आज भएको निर्वाचनमा दाङका पक्षमा दुई तिहाइ मत परेको छ ।

आज बसेको प्रदेश सभा बैठकमा खसेको ८२ मतमध्ये ६९ मत दाङको पक्षमा परेको थियो । दाङको विपक्षमा १३ सांसदले मत दिएका थिए ।

संविधान अनुसार प्रदेशसभामा तत्काल कायम रहेका सदस्यको दुई तिहाइको मतमा प्रदेशको राजधानीबारे निर्णय गर्न सकिने व्यस्था रहेको छ ।

विपक्षी दल नेपाली कांग्रेसले विपक्षमा मतदान गरेका छन्। कांग्रेसका १९ मध्ये ६ जनाले भने दाङको पक्षमा मतदान गरेका छन्।

प्रदेश सभामा नेकपाका ६१ सांसद छन्। प्रदेश सभा ८७ जनामध्ये ८२ जनाले मतदान गरेका थिए।

मतदान हुनु अघि आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीले प्रदेश ५ को नाम लुम्विनी र केन्द्र दाङको राप्ती उपत्यकालाई बनाउने प्रस्ताव प्रदेश सभामा निर्णयार्थ प्रस्तुत गरेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button