यी हुन नेकपा सचिवालय बैठकले गरेका ८ निर्णय

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सम्पन्न भएको छ ।

प्रधानमन्त्री निवास वालुवाटारमा भएको बैठकले आज पार्टी र सरकारबीच समन्वय गरी जाने विषयमा महत्वपूर्ण ८ वटा निर्णयहरु गरेको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले पत्रकार सम्मेलनमा जानकारी दिए ।

पार्टी र सरकारलाई प्रभावकारी बनाई मुलुकको समृद्धिको यात्रा पार्टीको निर्धारित लक्ष्य अनुसार आवश्यक जनमूखी योजनाहरु बनाई अगाडी बढ्ने बारेमा विषेश गरी छलफल भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

विगतको कार्यसूचीमा नै केन्द्रीत रही छलफल अघि बढेको जानकारी गराउँदै प्रवक्ता श्रेष्ठले थप नयाँ कुनै एजेण्डामा प्रवेश नगरेको समेत जानकारी गराए ।

यी हुन बैठकमा छलफल पछि निष्कर्षमा पुगेका मुख्य ८ बुँदाहरु

१. डा. गोविन्द केसीको माग सम्बोधन भई कार्यान्वयनको चरणमा भएकाले अनसन तोड्न आग्रह, केही छलफल गर्नुपर्ने भएमा कोरोनाको अन्त्य भएपछि गर्नुपर्ने,

२. स्थायी कमिटीले लिएको निष्कर्षहरुलाई कार्यान्वय गरी अगाडी बढ्ने,

३. सांगठनिक एकताका बाँकी कार्यहरु द्रुत गतिमा सम्पन्न गर्ने,

४. बैठकमा संवैधानिक र राजनीतिक नियुक्तिबारे भने छलफल सुरु भएको, नियुक्तिहरुका बारेमा पार्टी र सरकारबीच आपसी छलफलको माध्यमबाट गर्ने, बाँकी छलफल अर्को बैठकले निष्कर्षमा पुर्याउने,

५. दुई अध्यक्षले पार्टीका एजेण्डाहरुलाई छलफल गरी निष्कर्षमा पुर्याउने, छलफललाई निरन्तरता दिने,

६. कारोनाको रोकथाम तथा नियन्त्रण गर्नमा सरकार तथा पार्टी एक ढिक्का भई अगाडी बढ्ने,

७. मन्त्रिपरिषद्को पुनःगर्गठनका विषयमा अध्यक्षद्वयले गृहकार्य गरी अघि बढ्ने सहमति (अघिल्लो बैठक अनुसार),

८. प्रदेश नं. ५ को नाम र स्थायी राजधानीको सवालमा प्रदेश सभाले गर्ने निर्णयनै मान्य हुने,

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button