जाजरकोटमा जिप दुर्घटना, वडाध्यक्षसहित ५ जनाको मृत्यु

काठमाडौं । जाजरकोटमा जिप दुर्घटना हुँदा वडाध्यक्ष सहित ५ जनाको मृत्यु भएको छ।
बुधबार सदरमुकामबाट जुनीचाँदे गाउँपालिकातर्फ जाँदै गरेको जीप दिउसो २ बजेतिर औँलखोला भन्ने ठाँउमा दुर्घटनामा परेको हो।
अझै २ जना हराईरहेको बताइएको छ।
जुनीचाँदे गाउँपालिका–११ को औलोखोलामा भे १ ज ९३५ नम्बरको जीप दुर्घटनाग्रस्तहुँदा वडा नम्बर ११ का वडाध्यक्ष अमरबहादुर शाहीसहित स्थानीय अमरबहादुर शाही, कृतिबहादुर शाही, लालबहादुर बुढा, खेमराज शाही र मालिका बस्नेतको घटनास्थलमै मृत्यु भएको छ।
जीप सडकबाट करिब पाँच सय मिटर तल खसेको बताइएको छ। घटनाबारे थप विवरण आउँन बाँकी छ।