डा.केसीसँग अविलम्ब वार्ता थाल्न २२ सम्पादकको माग

काठमाडौं । विभिन्न मिडियाका सम्पादकहरुले अनसनरत डा गोविन्द केसीसँग अबिलम्ब वार्ता थाल्न माग गरेका छन्।
बुधबार साँझ एक वक्तव्य जारी गर्दै सम्पादकहरुले डा केसीको स्वास्थ्य क्षीण बन्दै गएको भन्दै अविलम्ब सार्थक वार्ता गर्न माग गरेका हुन्।
‘अभिभावकीय जिम्मेवारी लिँदै सरकारले डा. केसीसँग उच्च तहबाट अविलम्ब वार्ता थाल्नुपर्छु २२ जना सम्पादकहरूले संयुक्त रूपमा जारी गरेको वक्तव्यमा भनिएको छ, ‘उनका सबै मागहरू आजै सुनुवाई हुन नसक्लान्, तर तार्किक छलफलहरूबाट नै त्यसले टुंगो पाउँछ। आरोप प्रत्यारोप दुवै पक्षबाट हुनु उचित छैन।’
सरकारसँग विगतमा भएका सम्झौताहरूको कार्यान्वयनलगायतका माग राखी पछिल्लोपटक गत २९ भदौदेखि आमरण अनशनमा रहेका छन्।
केसी अनसनमा बसेको २४ दिन बितिसक्दा पनि सरकारले कुनै वास्ता नगरेको भन्दै आलोचना भइरहेको छ।